११ श्रावण २०८३, सोमबार
Follow Us

बेलायतमा अध्ययनरत विद्यार्थी आशिष कुँवर क्षेत्रीको शव नेपाल पठाउन सहयोग संकलन अभियान सुरु

नेपालब्रिटेन संवाददाता
३० असार २०८३, मंगलवार ०५:५५

लन्डन । बेलायतमा उच्च शिक्षा अध्ययनरत प्युठान जिल्ला, दरभाङका १९ वर्षीय आशिष कुँवर क्षेत्रीको दुःखद निधन भएको छ।

स्वर्गीय आशिष गोविन्द कुँवर क्षेत्री र शान्ता केसीका सुपुत्र हुन्। उनी जनवरी २०२५ मा उच्च शिक्षा अध्ययनका लागि बेलायत आएका थिए र युनिभर्सिटी अफ वेस्ट लन्डनमा कम्प्युटर साइन्स विषय अध्ययनरत थिए।

उनी बेलायतको ग्रीनफोर्ड, इलिङमा आफ्नी दिदी अर्जु केसीसँग बस्दै आएका थिए। अर्जु पनि अल्स्टर विश्वविद्यालयमा अध्ययनरत छिन्।

“आशिषको असामयिक निधनको खबरले उनका परिवार, आफन्त, साथीभाइ तथा बेलायत र नेपालमा रहेका नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ। उज्ज्वल भविष्यको सपना बोकेका एक होनहार युवा विद्यार्थीको असामयिक निधनले हामी सबै मर्माहत भएका छौं,” गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले भने।

उनले यो मानवीय कार्यमा सघाउन बेलायतस्थित नेपाली समुदाय तथा संघ संस्थालाई हार्दिक अपिल पनि गरे। तामाङ समाज युकेको सहयोगमा खोलिएको गो फन्ड मी पेजमा गएर सक्दो सहयोग गर्न स्व क्षेत्रीको परिवारले आग्रह गरेको छ।

धेरै पढिएको