३२ असार २०८३, बिहीबार
Follow Us

कोशी प्रदेश सरकारबाट काँग्रेसका ४ मन्त्रीले भोलि राजीनामा दिने

नेपालब्रिटेन संवाददाता
३२ असार २०८३, बिहीबार ०९:३७

काठमाडौं । कोशी प्रदेशमा नेपाली काँग्रेसले सरकारबाट बाहिरिने तयारी गरेको छ। सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) सँगको सत्ता सहकार्यमा उत्पन्न असहज परिस्थितिपछि काँग्रेसले प्रदेश सरकारहरूमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय लिएसँगै कोशीमा पनि सरकार छाड्ने प्रक्रिया अघि बढेको हो।

काँग्रेसका ४ मन्त्रीले भोलि राजीनामा बुझाउने भएका छन् । यस सम्बन्धमा औपचारिक निर्णय गर्न काँग्रेस संसदीय दलको बैठकले गरेको हो ।

कोशी प्रदेश सरकारमा काँग्रेसबाट भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग, कृषि तथा सहकारी र पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरू सहभागी छन्।

यसअघि काँग्रेसभित्र सरकारमा रहने वा नरहने विषयमा संस्थापन र इतर समूहबीच फरक धारणा देखिँदै आएको भए पनि हाल एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारबाट बाहिरिने विषयमा दुवै पक्ष एकमत देखिएको बताइएको छ।

धेरै पढिएको