लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय समितिमा थप ७० जना पदाधिकारी मनोनयन गरिएको छ। संघका अनुसार, गत महिना सम्पन्न केन्द्रीय बैठकले उक्त पदाधिकारीहरूको चयन गरेको हो।
यसअघि दुई दर्जनभन्दा बढी उपाध्यक्ष नियुक्त गरिएपछि आलोचना खेपिरहेको एनआरएनएभित्र फेरि ठूलो संख्यामा पदाधिकारी थपिएको छ। नवमनोनित पदाधिकारीहरूमा केन्द्रीय नेतृत्वसँग नजिक रहेका तथा विभिन्न दलको सिफारिसमा आएका व्यक्तिहरू समावेश गरिएको बुझिएको छ।



