लण्डन । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदमा थप ५१ जना केन्द्रीय सदस्यहरु मनोनयन गरिएको छ । गैरआवासीय नेपाली संघको विधान अनुरुप ती सदस्यहरु मनोनयन भएको संघले जनाएको छ । गैरआवासीय नेपाली संघको हालै संशोधित विधानले कार्यसमितिमा २१ जना केन्द्रीय सदस्यलाई थप गरेर ५१ जनामा पुराएको थियो ।



