लण्डन । नेपाली दूतावास, लण्डनले मिडल्याण्ड क्षेत्रमा घुम्ती सेवा प्रदान गर्ने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए), राज्य समन्वय परिषद्, इंग्ल्याण्डकी अध्यक्ष राममाया विष्टका अनुसार—
गैरआवासीय नेपाली संघ, राज्य समन्वय परिषद्, इंग्ल्याण्डको समन्वय तथा व्यवस्थापनमा नेपाल दूतावास, बेलायतले निकट भविष्यमा मिडल्याण्डमा घुम्ती शिविर (मोबाइल पासपोर्ट तथा कन्सुलर सेवा) सञ्चालन गर्ने तयारी गरेको हो।
स्रोत तथा जनशक्ति व्यवस्थापनका कारण उक्त सेवा पर्याप्त सेवाग्राही संख्या सुनिश्चित भएको अवस्थामा मात्र सञ्चालन गर्न सम्भव हुने अध्यक्ष विष्टले जानकारी दिइन्।
घुम्ती शिविरमार्फत पासपोर्ट नवीकरण, नयाँ पासपोर्ट आवेदन, बालबालिकाका लागि पासपोर्ट सेवा, कागजात प्रमाणीकरण तथा दूतावासीय प्रमाणिकरणलगायत अन्य कन्सुलर सेवा प्रदान गरिनेछ। सेवाग्राहीले तल उल्लेखित इमेलमार्फत आफ्नो नाम दर्ता गर्नुपर्नेछ।
Email for Registration