३ श्रावण २०८३, आईतवार
Follow Us

फेसबुकको वेब सेवा अवरुद्ध !

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०८३, आईतवार ०९:२१

काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकको ब्राउजरमार्फत प्रयोग गरिने सेवा आइतबार प्रभावित भएको छ। प्राविधिक समस्या देखिएपछि कतिपय प्रयोगकर्ताले आफ्नो खाता पहुँच गर्न नसकेको जानकारी प्राप्त भएको हो।

फेसबुकले प्रयोगकर्तालाई देखाएको सूचनामा साइटमा आएको समस्याका कारण खाता अस्थायी रूपमा उपलब्ध हुन नसकेको उल्लेख गरिएको थियो। कम्पनीले समस्या समाधानको प्रक्रिया जारी रहेको जनाउँदै केही समयपछि पुनः प्रयास गर्न आग्रह गरेको थियो।

सेवा प्रभावित भएपछि प्रयोगकर्ताहरूले फेसबुक पहुँचमा समस्या आएको गुनासो गर्न थालेका थिए। अनलाइन सेवा अवरोधसम्बन्धी विवरण संकलन गर्ने वेबसाइट डाउनडिटेक्टरमा पनि आइतबार दिउँसो करिब साढे १ बजेदेखि फेसबुकसम्बन्धी समस्या खोज्ने प्रयोगकर्ताको संख्या बढेको देखिएको थियो।

फेसबुकको मोबाइल एप वा अन्य सेवामा कस्तो प्रभाव परेको भन्नेबारे तत्काल विस्तृत विवरण सार्वजनिक भएको थिएन। कम्पनीले भने प्राविधिक समस्या समाधान गर्न काम भइरहेको जनाएको थियो।

धेरै पढिएको