ताजा खबर

गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको स्रोतले बतायो।

अर्थमन्त्री जनार्दन शर्मासँगको असमझदारीका कारण अधिकारीलाई निलम्बन गरिएको बुझिएको छ।

अधिकारीले शुक्रबार निलम्बनको पत्र बुझिसकेको बताइन्छ। अधिकारीमाथि छानबिनका लागि निलम्बन गरिएको दाबी गरिएको छ। स्रोतलका अनुसार डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको छ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्