२३ श्रावण २०८३, शनिबार
Follow Us

एनआरएन युरोप क्षेत्रीय सम्मेलन : उपाध्यक्ष बुद्धि सुवेदी डब्लिनमा

नेपालब्रिटेन संवाददाता
२३ श्रावण २०८३, शनिबार १९:११

डब्लिन । गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष बुद्धि सुवेदी अमेरिकाबाट आयरल्याण्डको डब्लिन आइपुगेका छन्। उनी आगामी १०–११ अगस्टमा डब्लिनमा आयोजना हुने १७औँ एनआरएनए युरोप क्षेत्रीय सम्मेलनमा सहभागी हुन डब्लिन आएका हुन्।

उपाध्यक्ष सुवेदीको डब्लिन आगमनलाई एनआरएनए एनसीसी आयरल्याण्डका अध्यक्ष चेतराज ओलीले स्वागत गरेका छन्। अध्यक्ष ओलीले सम्मेलनमा सुवेदीको सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी र गरिमामय बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

१७औँ युरोप क्षेत्रीय सम्मेलन आयरल्याण्डमा आयोजना भइरहेकाले आयोजक राष्ट्रको हैसियतले सम्मेलनलाई सफल, व्यवस्थित र प्रभावकारी बनाउन अध्यक्ष ओलीसहित एनआरएनए एनसीसी आयरल्याण्डको टोली सक्रिय रूपमा जुटेको छ। सम्मेलनमा सहभागी हुने अतिथि, प्रतिनिधि तथा विभिन्न देशका एनआरएनए अभियन्ताहरूको स्वागत तथा व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ।

सम्मेलनमा युरोप क्षेत्रमा रहेका नेपालीका नागरिकता, लगानी, समृद्धि, संस्थागत एकता तथा प्रवासी नेपालीका विभिन्न सवालमा छलफल हुने अपेक्षा गरिएको छ। अध्यक्ष ओलीले सम्मेलनलाई सफल बनाउन सबैको सहकार्य र सहभागिता आवश्यक रहेको बताएका छन्।

धेरै पढिएको