काठमाडौं । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तथा राज्यव्यवस्था समितिका सभापति हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने पक्षमा थप तर्कहरु अघि सारेका छन् ।
उनले इतिहास कोट्याउँदै सिंहदरबार बनाउँदा १५ हजार श्रमिकहरुहो श्रम शोषण भएको र सेनाको पनि दुरुपयोग भएको तर्क समेत गरेका छन । सञ्चारकर्मीहरुसित कुरा गर्दै ढकालले आफ्नो भिडियो पूरा नहेरिकन गाली गरिएको दुखेसो पोखेका थिए ।
सिंहदरबार बन्दाखरिको इतिहास पढ्न उनले सुझाव दिए । ढकालले भने, ‘त्यो भिडिओबाट एउटा टुक्रा काटेर बनाइएका हेडलाइन, अनि मलाई गरिएका चुटाईहरूले लुकाइएका इतिहासहरू मेटिँदैनन् ।’
आफूले सिंहदरबारको नाम फेर्ने भनेको नभएर हिजो परिवर्तनका बेला फेरेको भए हुन्थ्यो भनेर धारणा मात्रै राखेको उनले बताए ।