२४ भाद्र २०८३, बुधबार
Follow Us

बालेनलाई शहीदकी आमाको प्रश्नः एक वर्षपछि श्रद्धाञ्जली आयो, न्याय कहिले ?

नेपालब्रिटेन संवाददाता
२४ भाद्र २०८३, बुधबार ११:३४

काठमाडौं । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडा खत्रीले जेनजी शहीदहरूले कहिले न्याय पाउने भन्दै सरकारसँग प्रश्न गरेकी छन ।

बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन । उनले हिजो (मंगलबार) जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभामा बोलाउँदा पनि नआएको भन्दै आपत्ति समेत व्यक्त गरिन् । निमन्त्रणा दिएर आउन, बोल्न आग्रह गरेको पनि उल्लेख गरिन् ।

बिहान ७ बजेदेखि आग्रह गर्दा पनि साँझ ७ बजेमात्रै स्टाटस आएको भन्दै उनले आपत्ति व्यक्त गरिन् । उनले भनिन्, ‘जेनजी आन्दोलन भएको एक वर्ष भयो । जेनजी शहीदले देशले शहीद पायो, एक दिन बिदा पायो, ‘निमन्त्रणा दिएर कि त आइदिनुस्, केही त बोलिदिनुस्, जेनजी शहीदको नाममा केही त लेखिदिनुस् भनेर बिहान ७ बजेबाट भन्दा भन्दा बेलुकी ७ बजे स्टाटस त आयो ।

अन्तमा एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली ।’ उनले सोही प्रसंगमा सरकारलाई थप दुई प्रश्न गरेकी छिन् । उनले भनिन्, ‘अब म यो सरकारलाई दुईवटा प्रश्न सोध्न चाहन्छु ।

शहीदले न्याय कति वर्षमा पाउँछ सरकार रु शहीद र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ अब ?’ सांसद खतिवडाले गत वर्ष भदौ २३ गतेको जेनजी आन्दोलनका २३ वर्षीय छोरा रसिक खतिवडालाई गुमाएकी थिइन् ।

धेरै पढिएको