३ आश्विन २०८३, शनिबार
Follow Us

राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवस तथा राष्ट्रिय दिवस समारोहमा सरिक

नेपालब्रिटेन संवाददाता
३ आश्विन २०८३, शनिबार ०४:२३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ का अवसरमा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिद्वारा नेपाली सैनिक मञ्च टुडिखेलमा शनिवार बिहान आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ ।

सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीले मार्च पास तथा ब्याण्ड प्रदर्शन गरेका थिए । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, नेपाल सरकारका विशिष्ट पदाधिकारी, कुटनीतिक नियोगका प्रतिनिधिलगायत विशिष्ट महानुभावहरूको सहभागिता थियो ।

धेरै पढिएको