२० आश्विन २०८३, मंगलवार
Follow Us

करिब एक दर्जन पदाधिकारीले छोडे एनआरएनए

नेपालब्रिटेन संवाददाता
२० आश्विन २०८३, मंगलवार २०:११

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को गत महाधिवेशनबाट चयन भएका करिब एक दर्जन पदाधिकारी तथा सदस्यले आफ्नो पदबाट अलग हुने निर्णय गरेका छन्। संघको ११७औँ बैठकले पदबाट अलग हुन इच्छा व्यक्त गरेका पदाधिकारी तथा सदस्यहरूको प्रस्ताव अनुमोदन गर्दै उनीहरूलाई सम्बन्धित जिम्मेवारीबाट अलग हुने अनुमति दिएको हो।

बैठकले पदबाट अलग हुने इच्छा व्यक्त गरेका उपाध्यक्ष कमलमणि गुरागाईं, उपमहासचिव गोविन्द गौतम, उपकोषाध्यक्ष विमल सुवेदी, उपक्षेत्रीय संयोजक (युरोप) कमलराज शर्मा, उपक्षेत्रीय संयोजक (एसिया प्यासिफिक) सुदेश झा, आईसीसी सदस्य (डेनमार्क) मनिषा सिंह कोइराला, आईसीसी सदस्य (बेल्जियम) आभा मल्ल तथा आईसीसी सदस्य (आइसल्यान्ड) ओमराज पौडेललाई सम्बन्धित पदबाट अलग गर्ने निर्णय गरेको हो।

बैठकले उहाँहरूले पदबाट अलग रहने सम्बन्धमा प्रस्तुत गरेको प्रस्तावलाई अनुमोदन गर्दै सोहीअनुसार आवश्यक प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ।

धेरै पढिएको