डायस्पोरा

यूएईको फुजैराहमा भीषण सडक दुर्घटना : १४ जनाको मृत्यु, ३० घाइते

दुबई : संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा भएको भीषण सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।दुर्घटनामा थप ३० जना घाइते भएका छन्।

१८ वटा कार तथा अन्य सवारीसाधन र पाँचवटा ट्रक एक आपसमा ठोक्किएर दुर्घट्ना भएको थियो । यूएईको आन्तरिक मामिला मन्त्रालयका अनुसार बिहीबार मध्यराति फुजैराह प्रवेश गर्ने शेख खलिफा बिन जायद सडकमा दुर्घटना भएको हो।

दुर्घट्नामा एउटा ट्रकका चालकले नियन्त्रण गुमाएपछि अर्को सवारीसाधनमा ठक्कर दिएका थिए। ठक्करबाट उक्त सवारीसाधन पल्टिएको थियो। त्यसपछि सडकमा ट्राफिकका कारण रोकिएका अन्य सवारीसाधन समेत आगो फैलिएको थियो।

दुर्घटनालगत्तै प्रहरी, एम्बुलेन्स तथा सिभिल डिफेन्सका उद्धार टोली घटनास्थल पुगेका थिए। घाइतेलाई प्राथमिक उपचारपछि विभिन्न अस्पतालमा पुर्‍याइएको थियो।

घाइतेमध्ये १५ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। बाँकी घाइतेको स्थानिय अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेमा यूएई, ओमान, भारत, ब्राजिल, पाकिस्तान, जोर्डन र इजिप्टका नागरिक रहेको जनाईएको छ। मृतकहरुको पहिचानको बारेमा भने मन्त्रालयले थप खुलाउन बाँकी छ ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम