ताजा खबर

जंगलमा लगेर १४ वर्षीया बालिकाको बलात्कार

डडेल्धुरा। बलात्कार गरेको अभियोगमा पर्शुराम नगरपालिका–५ बस्ने २८ वर्षीय बीरबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार बोहरा र सोही नगरपालिका–१० वस्ने २४ वर्षीय शिवशंकर जोशीले असोज ९ गते पर्शुराम धाम अनन्ते मेलाबाट घर फर्कने क्रममा १४ वर्षीया बालिकालाई मोटरसाइकलमा जबरजस्ती राखी स्थानीय जङ्गलमा लगेर बलात्कार गरेका थिए।

पीडितले बिहीबार ईलाका प्रहरी कार्यालयमा जोगबुडामा निवेदन दिएपछि बोहरालाई प्रहरीले पक्राउ गरेको हो। बलात्कार अभियोग लागेका अर्का व्यक्ति शिवशंकर जोशी भने फरार रहेको प्रहरीले जनाएको छ।

फरार रहेका जोशीको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news