ब्रेकिङ न्युज

एमालेको राष्ट्रिय भेला आजबाट काठमाडौंमा

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आजबाट काठमाडौंमा सुरु हुँदैछ । काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने यो राष्ट्रिय भेला दुई दिनसम्म (भोलिसम्म) जारी रहनेछ ।

पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठकले राष्ट्रिय भेलाको तयारी र एजेन्डाबारे छलफल गरी यसलाई मुख्य रूपमा स्थानीय निर्वाचनको तयारी र पार्टी संगठन परिचालनमा केन्द्रित गर्ने निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

अध्यक्ष केपी शर्मा ओली: राष्ट्रिय राजनीति, पार्टीको भावी कार्यदिशा र आगामी दिनमा गर्नुपर्ने कामहरूबारे कार्यपत्र प्रस्तुत गर्नेछन्  भने वरिष्ठ नेता विद्यादेवी भण्डारी: मुलुकको समसामयिक परिस्थिति र पार्टीको कार्यभारसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

आजबाट सुरु हुने यस राष्ट्रिय भेलामा देशभरबाट ३,४१४ जना प्रतिनिधि तथा नेताहरूको सहभागिता रहने नेकपा एमालेले जनाएको छ ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम