ब्रेकिङ न्युज
तत्कालिन आइजीपी कार्कीको रिट न्यायधिस पौडेलको एकल इजलासमा
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले दायर गरेकाे रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
रिट निवेदन (मुद्दा नम्बर ०८३-WO-०४९४) को सुनुवाइका लागि सर्वोच्च अदालतको बेन्च नम्बर ८ को (ज) क्रमसंख्यामा पेसी तोकिएको छ। उक्त रिट न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा परेको हाे ।
इजलासको पेसी सूची अनुसार क्रमसंख्या (ज) मा रहेकाले आजै उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ हुने अपेक्षा गरिएको छ।

