११ आश्विन २०८२, शनिबार
Follow Us

अधुरो रह्यो देउवाको प्रतिबद्दता

nepalbritain news
१२ पुष २०७४, बुधबार ०२:३४

काठमाडौँ । निर्वाचनम कांग्रेसले अनपेक्षित हार बेहोरेपछि नेतृत्वको कमजोरीबारे चर्को आलोचना भइरहेको छ।

अझ प्रतिनिधिसभा र प्रदेशसभामा प्रभावशाली नेताको पराजयपछि त सरकारको नेतृत्वमा समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध एकीकृत रुपमा केन्द्रीय नेताहरु लागिपरेका छन्।

पार्टीको १३ औं महाधिवेशनमा सभापतिका लागि मत माग्दै देउवाले भनेका थिए, ‘पार्टीमा निरन्तर योगदान पुर्याएका कर्मठ, क्षमतावान र लोकप्रिय सबै नेता तथा कार्यकर्ता साथीलाई उदार हृदयले न्याय, सुरक्षा र अवसरको प्रत्याभूति दिँदै सबै क्षेत्र, वर्ग र समूहको समावेशी सहभागीता एवं प्रतिनिधित्वसहितको एकताबद्ध पार्टी बनाउने ठोस नीति र कार्ययोजना बनाएर अघि बढ्न अब ढिला गर्ने अवस्था छैन।’

यी सबै काम पुरा गर्ने नेतृत्वका लागि आफू दृढ र कृत संकल्पित रहेको बताएका देउवाले पार्टीलाई विधानसम्मत रुपमा गतिशील बनाउन नसकेको आरोप लागिरहेको छ।
– नेपाल समाचारपत्र ।

धेरै पढिएको