ब्रेकिङ न्युज

संसदीय दलको नेता देउवा होइन, शंशाक हुनुपर्छ : गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा सर्वसम्मत रूपमा चयन हुने अवस्था नरहेको बताएका छन् । सहमतिका लागि महामन्त्री डा शशांक कोइरालालाई अघि सार्ने र निर्वाचन लड्ने अवस्था आए प्रकाशमान सिंहलाई अघि सार्ने उनको भनाइ छ ।

निर्वाचनमा प्राप्त भएको जनमतले देउवालाई दलको नेता बन्ने अवस्था नरहेको उनले बताए । आइतबार राजधानीमा आयोजित कार्यक्रममा गुरुङले भने, ‘संसदीय दलको नेतामा देउवाजी सर्वसम्मत रूपमा बन्ने अवस्था छैन । बरु सर्वसम्मतीको लागि सशांक कोइराला अघि सर्नुपर्छ ।’

अहिलेको माहोल अनुसार संसदीय दलको नेतामा नयाँ मान्छे आउनुपर्ने अवस्था रहेको उनले बताए । एमाले र माओवादीवीच एकता होस् भन्ने पक्षमा आफूहरु रहेको भन्दै उनले अबको पाँच वर्ष कांग्रेस जिम्मेवार प्रतिपक्ष बन्ने बताए । उनले भने, ‘अबको पाँच वर्ष हामी सशक्त प्रतिपक्षको रुपमा उभिन्छौं । सरकारले गरेका राम्रा कामहरुको समर्थन गर्छौं, गुण र दोषका आधारमा हामी समर्थन गर्छौं ।’

ओली नेतृत्वको सरकार भर्खरै बनेकोले यसलाई हनिमुन पिरियोड सकिएपछि सरकारको बारेमा सोच्ने उनको भनाइ थियो ।

उनले भने, ‘विगतमा एमालेले ०४८ सालमा कांग्रेसका गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई हनिमुन पिरियोड पनि मनाउन दिएन, तर हामी त्यो अवस्थामा छैनौं ।’

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्