१० मंसिर २०८२, बुधबार
Follow Us

हेलम्बुमा बस दुर्घटना सहचालकको मृत्यु चालक फरार

nepalbritain news
२६ चैत्र २०७४, सोमबार ०६:५८

काठमाण्डौ- हेलम्बु गाउँपालिका–१ तिम्बुमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। काठमाडौँबाट हेलम्बुको तिम्बुका लागि छुटेको बा२ख ६३६५ नंको हेलम्बु यातायातको बस गए राति दुर्घटना भएको हो। राति १० बजेतिर तिम्बु बसपार्क नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा बसका सहचालक इन्द्रावती गाउँपालिका–३ बाँडेगाउँका महेन्द्र भुजेलको मृत्यु भएको छ भने चालक फरार रहेको प्रहरीले जनाकारी दिएको छ। बसमा सवार अन्य चार जना घाइतेको उपचारका लागि आइतबार राति नै धुलिखेल अस्पताल लगिएको छ भने घटनाको अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रासस

धेरै पढिएको