७ फाल्गुन २०८२, बिहीबार
Follow Us

जापानबाट भिडियो एक्स–रे सहयोग

nepalbritain news
७ आश्विन २०७५, आईतवार ०९:४१

बलेवा – जापानमा बसेका युवाको सक्रियतामा बागलुङको एक स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मसिन सहयोग गरिएको छ ।
गलकोटस्थित हटिया स्वास्थ्य चौकीलाई घुम्टे युवा परिवार जापान र शिवज्योति युवा क्लब जापानमार्फत उक्त सहयोग जुटेको हो । जापानमा तीज विशेष मेला आयोजना गरेर सङ्कलित रु सात लाख ५० हजारबाट मसिन खरीद गरिएको घुम्टे युवा परिवार जापानका अध्यक्ष दिलबहादुर थापाले बताउनुभयो ।

भिडियो एक्स–रे नहुँदा यहाँका धेरै गर्भवतीले सास्ती खेपेका थिए । बर्सातको समयमा जीर्ण र हिलाम्मे सडकको यात्रा गर्दै सदरमुकाम पुग्न बाध्य थिए । “वर्षभरिमा धेरै सुत्केरी गराउने स्वास्थ्य चौकी भएकाले सामान्य परीक्षण गर्न सदरमुकाम धाउने समस्या हटाउन सकियोस् भनेर सहयोग जुटायौँ ।” यो मसिनले गलकोट क्षेत्रका जनताको स्वास्थ्य परिक्षणमा सहयोग पुग्ने स्वास्थ्य चौकी प्रमुख दिलु सुवेदीले बताउनुभयो ।
रासस

धेरै पढिएको