ताजा खबर

वार्षिकोत्सवमा नेपाल टेलिकमले ल्यायो छुटै–छुटको अफर

काठमाडौं– नेपाल टेलिकमले आफ्नो १५ औं वार्षिक उत्सवको अवसरमा विभिन्न छुट अफर सार्वजनिक गरेको छ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विभिन्न छुट योजना सार्वजनिक गरेका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित १५ औं वार्षिक उत्सव कार्यक्रममा उनले माघ २३ गतेदेखि लागू हुने गरी फागुन ८ गतेसम्म रजिष्टर हुने नयाँ पोष्टपेड ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना १ जिवी अलटाईम डाटा र सय मिनेटसम्म भ्वाईस बोनस दिने घोषणा गरे ।
प्रबन्ध निर्देशक अधिकारीले पोष्टपेडका ग्राहकलाई नौं सयको रिचार्जको प्याकेजमा प्रतिमहिना ३ दशमलव ३ जिबी डाटा र ५ सयको रिचार्जमा फ्रि रिसोर्स उपलब्ध गराउने पनि जानकारी दिए ।

प्रबन्ध निर्देशक अधिकारीले २०७४ सालको असार मसान्तसम्म टेलिफोनको बक्र्यौता तीर्न बाँकि रहेका ग्राहकहरुले २०७६ असार मसान्तसम्म बुझाएमा जरिवाना छुट गर्ने व्यवस्था पनि वार्षिक कार्यक्रमको अवसरमा गरिएको बताए ।

यस्तै नेत्रहिन नागरिकहरुलाई पनि सिडिएम र जिएमएस सेवामा पनि भारी छुटको व्यवस्था गरिएको छ।
टेलिकमका अनुसार टुरिष्ट प्याकेज अन्तरगत ५ सय रुपैयाँमा ५ जिबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाईस कल र सय रुपैयाँको अन्तराष्ट्रिय कल समेत गर्न सकिने व्यवस्था गरेको छ ।

About the author
nepalbritain news

nepalbritain news