१३ असार २०८३, शनिबार
Follow Us

१२ वर्षीया बालिकालाई जबरजस्ती गर्ने ५० वर्षीय कमल पक्राउ

nepalbritain news
२७ माघ २०७५, आईतवार ०९:२२

काभ्रे-१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेख बिन्दासैनी नगरपालिका-१ घर भई बनेपा नगरपालिका-३ मा बस्ने ५० वर्षीय कमल अधिकारीलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका नालाकाक्रे बस्ने बालिकालाई मोवाईलमा फिल्म देखाई दिन्छु भनी ललाईफकाई गत बुधबार कमल अधिकारीले जवरजस्तीकरणी गरेको भन्ने खबर शनिबार दिउसो प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

धेरै पढिएको