बागलुङ । गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको कालोपत्रेको काम ढिलाई भएको प्रति सम्बन्धित मन्त्रालयमा ध्यानाकर्षण गराएका छन । सुवेदीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्याकर्षण गराएका हुन । उनले बागलुङमा रहेका दुई राष्ट्रिय गौरवका आयोजनाहरु कालिगण्डकी करिडोर र पुप्पलाल मध्यपहाडी लोकमार्ग बागलुङ खण्ड महत्वपूर्ण रणनीतीक सडकहरु भएकोले वर्षौ देखी अलपत्र कालेपत्रेको काम तत्काल सम्पन्न गर्नुपर्ने भन्दै मन्त्रीलाई ध्यानकर्षण गराएका हुन । कालिगण्डकी करिडोरको मालढुंगा– बलेवा खण्डको १० किमी र लोकमार्गको बागलुङ– घोडाबाधे सडक खण्ड २६ किमी निर्माण समस्याग्रस्त अवस्थामा रहेकोले मन्त्रालयले अत्यावश्यक हस्तक्षेपको लागि अनुरोध गर्दै ध्यानकर्षण गराईएको सुवेदीले बताए ।
कालीगण्डकी करिडोर निर्माण कार्य करिब चार वर्ष अघि ठेक्का प्रक्रियामार्फत खड्का कृष्ण बि.एन. जेभी कन्स्ट्रक्सनलाई दिइएको भएतापनि, सम्झौतामा तोकिएको समयावधि भित्र कार्य सम्पन्न गर्न नसकिएको र निरन्तर समयावधि थपिँदा पनि उल्लेखनीय प्रगति हुन नसकेको बताईएको छ । लोकमार्गको बागलुङ– विहुँ खण्डमा पनि ठेक्का लागेको नौ वर्ष बितिसक्दा पनि कुनै सार्थक कार्य सम्पन्न हुन नसकेको र उक्त सडक दुई बर्षमा सम्पन्न गर्ने भनेर २०७३ सालमा आरत सिद्दिसाई सड्ङ्ग सम्झौता भएको थियो । स्थानीयवासीहरुले पटक–पटक दबाब दिएपनि सुनुवाइ नहुँदा आगामी मंसिरदेखि सो सडक पूर्णरुपमा अवरुद्ध गर्ने स्थानियले चेतावनी समेत दिएको ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।

दैनिक हजारौं यात्रुहरूको आवतजावतसँग प्रत्यक्ष जोडिएका यस्ता महत्वपूर्ण सडकहरूमा वर्षेनी बजेट विनियोजन हुँदाहुँदै पनि ठेकेदारको लापरवाहीका कारण कार्य सम्पन्न नभए पछि सम्बन्धित मन्त्रालयलाई ध्यानकर्षण गराएको सुवेदीले बताए । बागलुङ जिल्लाका यी दुवै सडक खण्डका निर्माण कार्य यथाशीघ्र प्रभावकारी रुपमा संचालन गराई तोकिएको समयमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिदिन मन्त्रीलाई आग्रह गरेको सुवेदीले बताए ।
करिडोरको बलेवा–हर्मिचौर खण्ड सडक कालोपत्रे भै सकेको छ भने लोकमार्गको पनि विहुँ पातिहाल्ने सडक कालोपत्रे भै सकेको छ । लोकमार्गको काम तत्काल सम्पन्न गर्न भनि स्थानियले जिल्ला प्रशासन कार्यालयमा ध्यानकर्षण गराएका थिए । त्यस पश्चात प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको संयोजनमा निर्माण कम्पनी र स्थानिय विच आठबुँदे सहमती भएको छ ।
मन्त्री घिसिङले तुरुन्त आवश्यक काम कारबाही अगाडी बढाउने र निर्माणम कम्पनीलाई तत्काल काम सुरु गरेर सम्पन्न गर्नका लागि आग्रह गर्ने प्रतिवद्धता जनाएका छन । सुवेदीसँगै काँग्रेस नेता लक्ष्मण आचार्य लगायतका व्यक्तिहरु मन्त्री घिसिङलाई ध्याकर्षण पत्र बुझाउन पुगेका थिए ।