ताजा खबर
तस्बिरमा हेर्नुहोस् लगानी सम्मेलन
काठमाडौँ–राजनीतिक सङ्क्रमणकालको अन्त्य भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्तमान सरकारले आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर लगानी सम्मेलन गरेको छ ।
काठमाडौँस्थित होटल सोल्टी क्राउन प्लाजामा भएको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।
सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २७ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखिएको छ ।
नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई मूर्तरुप दिन र दिगो लक्ष्य हासिल गर्ने सन्दर्भमा सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।
सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० बढी लगानीकर्ताको सहभागिता रहेको छ । यस्तै गैरआवासीय नेपाली सङ्घ र स्वदेशी लगानीकर्ताको उल्लेख्य सहभागिता छ ।








