मुख्य समाचार

बेलायतीलाई निःशुल्क भिसा दिने प्रस्ताव पारित

लण्डन– युरोपेली संसदले बिहीबार बिना सम्झौता युरोपेली यूनियनबाट बेलायत बाहिरिए पनि बेलायती नागरिकलाई युरोपेली यूनियनका मुलुकहरुको भ्रमण गर्दा शुल्क नलिने कानुन पारित गरेको छ ।

नयाँ कानुन बमोजिम शेनजेन पासपोर्ट अपनाउने युरोपेली मुलुकहरुमा ९० दिनभन्दा कम समयावधिको भ्रमणमा गर्दा बेलायती नागरिकलाई भिसा आवश्यक पर्नेछैन ।

संसदमा उक्त विधेयकमाथि भएको मतदानमा ५०२ मत पक्ष र ८१ मत विपक्षमा परेको थियो । २९ जना सांसद भने अनुपस्थित रहेका थिए । ब्रेक्जीटको परिणाम जेसुकै आएपनि लाखौं बेलायती नागरिकलाई युरोपका विभिन्न मुलुकमा छुट्टी मनाउन सहज हुनेछ ।

तर यसको बदलामा बेलायतले पनि युरोपेली मुलुकका नागरिकलाई यस्तै सुविधा दिनु पर्नेछ । बेलायतले पनि युरोपेली मुलुकका नागरिकलाई यस्तै व्यवहार गर्ने जनाएको छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्