मुख्य समाचार

अबरुद्ध बनेको फेसबुक पुनः सुचारु

काठमाडौं–संसारभर आइतबार दिउँसोदेखि खोल्न नसकिएको फेसबूकको समस्या अहिले समाधान भएको छ ।
करीब ३ घण्टा फेसबुक मोबाइल र कम्प्युटर कहीं कतैबाट पनि खोल्न सकिएको थिएन ।

बेलायतको संचारमाध्यम एक्सप्रेसुले फेसबूक नखुल्नुको प्रमुख कारणमा ‘अफलाइन सर्भर इस्यु’ भएको जनाएको छ ।

युरोप, अमेरिका र एसियाका कतिपय देशहरूबाट फेसबुक नचलेको गुनासो व्यापक रुपमा आएको थियो ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्