ताजा खबर

घूस लिएको आरोपमा दुई पक्राउ

भद्रपुर । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र भद्रपुरका प्रमुख समुन्द्र मण्डल र नायब सुब्बा राजकुमार धिमाललाई ३५ हजार घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीको टोलीले आज रङ्गेहात पक्राउ गरेको छ।

स्थानीयवासीले दिएको गोप्य सूचनाका आधारमा प्रमुखको कार्यकक्षमै घूस लिँदै गरेको अवस्थामा बिहान ११ बजे अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा राखिने र मङ्गलबार थप अनुसन्धानका लागि काठमाडौँस्थित केन्द्रीय कार्यालयमा पठाइने कार्यालयका प्रवक्ता ज्ञानेन्द्र ढकालले बताए।

विद्युत् जडान सम्बन्धित तालीम कार्यक्रमका लागि आएको एक लाख बजेटमध्येबाट ३५ हजार घूस लिँदै गरेको अवस्थामा उनीहरूलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो। पक्राउ परेका दुवै जनालाई भ्रष्टाचारसम्बन्धी मुद्दा चलाइने उनले बताए।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news