ताजा खबर

६०९ मिलिग्राम ब्राउनसुगरसहित २ जना पक्राउ

काठमाडौं । कपिलवस्तु, कृष्णनगर नगरपालिका २ बसपार्कस्थित बाणगंगा नगरपालिका ११ बस्ने २० वर्षीय बिशाल नेपालीलाई अवैध लागूऔषध ब्राउनसुगर ३ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको नेपालीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

मोरङ, बिराटनगर महानगरपालिका १५ स्थितबाट सुनसरी धरान उपमहानगरपालिका ६ घर भएका ३१ वर्षीय पूर्ण थापा मगरलाई नियन्त्रित लागूऔषध डाईजेल्याब १ सय एम्पुल, लुप्रिजेसिक ९९ एम्पुल, एभिल ८६ एम्पुल र फेनारगन २४ एम्पुल सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उक्त स्थानमा १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको लागूऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको साईकलयात्री मगरले चिनी, चना, पास्ता र जिरालगायतका सामानमा उक्त लागूऔषध लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news