१६ जेष्ठ २०८३, शनिबार
Follow Us

श्रीमतीले दाउ प्रहार गर्दा श्रीमानको मृत्यु

nepalbritain news
१० श्रावण २०७६, शुक्रबार ०२:२०

कास्की । श्रीमतीले दाउ प्रहार गर्दा गम्भीर घाइते भएका पोखरा महानगरपालिका १६ गोष्टेस्थित शिवालय ठाँटी समाज घरमा बस्ने सुक राम परियारको बिहीबार बिहान मृत्यु भएको छ।

उनकी बोल्न नसक्ने श्रीमती सीता परियारले एक्कासि दाउ प्रहार गर्दा बुधबार साँझ गम्भीर घाइते भएका सुकरामको मातृ शिशु अस्पतालमा लगेर उपचार गरी घर फिर्ता गरेपछि मृत्यु भएको हो। सीता परियारलाई प्रहरीले पक्राउ गरेको छ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल

धेरै पढिएको