९ कार्तिक २०८२, आईतवार
Follow Us

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियारमा उजुरी

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७६, आईतवार ०९:५१

प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटासहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरी हाल्नेमा बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेल छन् । उनीहरुले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग निवर्तमान मनत्री बाँसकोटाले ७० करोड ‘कमिशन’ मागेको अडियो प्रधानमन्त्रीले डेढ महिनाअघि नै पाएपनि संलगनहरुलाई कारवाहीका लागि कदम नचालेकाले प्धानमन्त्री ओलीसहित चारैजनालाई कारवाहीका माग गरेका छन् ।
शाही र पौडेलले प्रधानमन्त्री ओली निवार्तमान मन्त्री बाँस्कोटा सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध उजुरी दिएका हुन् ।

धेरै पढिएको