२२ आश्विन २०८२, बुधबार
Follow Us

जापान पुगेका यात्रुले १४ दिन आफ्नै खर्चले क्वारेन्टाइनमा बस्नुपर्ने

नेपालब्रिटेन डट कम्
२७ फाल्गुन २०७६, मंगलवार ०५:१७

टोकियो । नेपालबाट प्रभावित मुलुकमा टान्जिट हुँदै जापान पुगेका यात्रुले १४ दिन आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

जापान सरकारले कोरोना भाइरसको महामारी फैलिएको भन्दै चीन, दक्षिण कोरिया, हङकङ, मकाउलगायतका देशबाट जापान प्रवेश गर्ने सबै यात्रुलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा राख्ने निणर्य गरेको हाे ।

सोमबार बिहान १२ बजेपछि यि देशमा ट्रान्जिट हुँदै आउने नेपालीले अनिवार्य रुपमा जापानले तोकेको क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको छ ।

जापान सरकारले यो नियममार्च महिनाको अन्त्यसम्म लागु हुने जनाएको छ । तर, कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएमा यो नियम अझै लम्बिने अनुमान छ।

नेपालबाट जापानको लागि नेपाल वायु सेवा निगमले मात्रै सिधा उडान भर्दै आएको छ ।

धेरै पढिएको