मुख्य समाचार

काँग्रेसका मधेसी सांसदद्वारा संशोधनको स्वागत

काठमाडौं । नेपाली काँग्रेसका मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सरकारले अघि सारेका संविधान संशोधनको प्रस्तावलाई स्वागतयोग्य कदम रहेको भन्नुभएको छ ।

काँग्रेसका सांसदहरु फरमुल्लाह मन्सुर, महेन्द्र यादव, रामकृष्ण यादव, प्यारेलाल राना, अमरेशकुमार सिंहलगायत २७ जनाले आज विज्ञप्ति प्रकाशित गरी संशोधन प्रस्ताव मधेसका माग सम्बोधन गरी निर्वाचनमा जानका लागि कोसेढुङ्गासावित हुने उल्लेख गर्नुभएको छ ।

उहाँहरुले नेकपा (एमाले) जस्तो जिम्मेवार पार्टीले संशोधन विधेयक अघि बढाउने प्रक्रिया नै रोक्ने गरी संसद् अवरुद्ध गर्नु र सडक आन्दोलन चर्काउनुले समस्या समाधान गर्ने नभएर चर्काउने दिशामा उद्धत भएको आरोप लगाउनुभएको छ ।

संशोधन विधेयकका पक्षमा दृढताका साथ उभिन र दुईतिहाइ मतबाट अनुमोदन गराउन संसद्मा भएका सबै दल र सांसदहरुलाई उहाँहरुले अपिलसमेत गर्नुभएको छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्