नेकपा सचिवालय बैठक : बामदेव यूटर्न, प्रचण्ड–माधवको माग असान्दर्भिक
काठमाडौ । सत्तारुढ नेकपाभित्र प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छाड्न दिएको दवाब आजको सचिवालय बैठकले टुंगो लगाएको छ । सचिवालय सदस्य ९ जनामध्ये राजिनामा माग्ने चार जना मात्र भएपछि दुई महिनादेखि चलेको प्रचण्ड–माधव नेपाल मिसन समाप्त मात्र भएको छैन, भैसीपार्टी गठबन्धन समेत छिन्नभिन्न हुन पुग्यो ।
पुष्पकमल दाहाल, झनाथ खनाल, माधवकुमार नेपालले स्पष्ट रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेका थिए भने प्रवक्ता नारायणकाजी श्रेष्ठले बीचबीचमा बसेर कुरा राखेका थिए । नौ मध्ये ५ जना सचिवालय सदस्य इश्वर पोखरेल, विष्णु पौडल, रामबहादुर थापा बादल र वामदेव गौतमले ओलीको पक्षमा वकालत गरेका थिए । बैठक अघि नै वामदेवले प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए ।
स्पष्ट बहुमतमा देखिएका प्रधानमन्त्री ओलीले दाहालका लागि सांकेतिक रुपमा कुर्सीको व्यवस्था आफू नजिक राख्न लगाएका थिए । बैठक सुरु हुनु केही समय अगाडी प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामा दिन नहुने पक्षमा महासचिव विष्णु पौडेको भनाइ सार्वजनिक भएपछि प्रचण्ड–माधव पक्षमा ठूलै तरंग उत्पन्न आएको थियो ।

