ताजा खबर

कोरोना संक्रमणले २ लाख ४० हजारभन्दा बढीको मृत्यु

जेनेभा । कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ३४ लाख २३ हजार नाघेको छ । संक्रमणबाट दुई लाख ४० हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ हजार ७ सय ८३ पुगेको छ ।

अहिलेसम्म अमेरिकामा ११ लाख ३२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । संक्रमणबाट इटलीमा २८ हजार २ सय, बेलायतमा २७ हजार ५ सय, स्पेनमा २५ हजार १ सय, फ्रान्समा २४ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार ३ सय ३७ पुगेको छ भने १ हजार २ सय २३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी, पाकिस्तानमा संक्रमितको संख्या १८ हजार १ सय १४ पुगेको छ भने ४ सय १७ जनाले ज्यान गुमाइसकेका छन् ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता