मुख्य समाचार

उपत्यकाका तीन जिल्लामा लकडाउन थप कडा बनाइदै

काठमाडौ । गृह मन्त्रालयले भोलिदेखि उपत्यकाका तीन जिल्लामा लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षमा मन्त्रालयमा आज बसेको सुरक्षा निकायका प्रमुख, उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिसहितको बैठकले उपत्यकाका तीन जिल्लामा लकडाउन थप कडा बनाउने निर्णय गरेको हो ।

बाहिरी जिल्लाबाट उपत्यका भित्रिएका व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि गृहले थप कडाइ गर्ने निर्णय गरेको हो । उपत्यकाका तीन जिल्लाभित्र वितरण गरेका पासहरू पनि बैठकले खारेज गर्ने निर्णय गरेको छ । पास खारेजकी निर्णय शनिवारदेखि लागू हुनेछ । गृहमन्त्रालयले आजदेखि लागू हुने गरी एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्ने पास भने खारेज गरिसकेको छ ।

बैठकले उपत्यका प्रवेश गर्ने नाकामा अत्यावश्यक कामका लागि आउने व्यक्तिहरूको पनि अनिवार्य आरडीटी किट परीक्षण गरेर मात्रै प्रवेश गर्न दिने निर्णय भएको छ ।बाहिरी जिल्लाबाट उपत्यका भित्रिएका चारजनामा संक्रमण देखिएको छ । उपचारका लागि आएकी एक ६ वर्षीया बालिकालाई पनि संक्रमण देखिएको छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता