काठमाडौं । लाखौ नेपालीलाई ठगेको आरोप लागेको बहुचर्चित युनिटी लाइफ इन्टरनेशनलका प्रबन्ध निर्देशक विष्णु क्षेत्रीको आइतबार मृत्यु भएको छ । बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा ४६ वर्षीय क्षेत्रीको जन्डिसका कारण मृत्यु भएको हो । मेडिसिटी अस्पतालमा उपचार गराइरहेका क्षेत्रीलाई चार दिनअघि मात्रै ग्रिनसिटी अस्पतालमा ल्याइएको थियो । मेडिसिटीमा उपचार गराइरहेका उनलाई समस्या झन् झन् बढेपछि बिहीबारमात्रै ग्रीनसिटि ल्याइएको थियो । आइतबार उनको निधन भयो ।ग्रीनसिटि युनिटि लाईफका निर्देशक एलबि टन्डनले सन्चालन गर्दै आएका छन ।
अस्पताल स्रोतका अनुसार उनलाई जण्डिस बिग्रिएपछि अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा मेडिसिटी अस्पतालमा उपचार गरिएको भएपनि उनको स्वास्थ्यमा सुधार नआएपछि क्षेत्रीलाई ग्रिनसिटीमा ल्याईएको हो । अत्याधिक मदिरा सेवनका कारण क्षेत्रीको मल्टीअर्गान फेलिएर भएको अस्पताल स्रोतले बताएको छ । पछिल्लो समय उनलाई जण्डिस भएको थियो । जन्डिस बिग्रीएका कारण उनको कलेजो, मिर्गौला र मुटुमा समस्या देखिएको थियो । यी तीनै अङ्गले काम गर्न छाडेपछि आइतबार उनको मृत्यु भएको हो ।
बहुचर्चित युनिटी काण्डमा उनि केही समय जेल समेत बसेका थिए । पिरामिड आकारको सञ्जाल बनाई रकम उठाएको र ३ लाख ४० हजार सदस्यबाट ३ अर्ब भन्दा बढी रकम उठाएर अपचलन तथा घोटाला गरेको भन्दै जिल्ला अदालत ललितपुरले क्षेत्री सहित १२ जनालाई जेल सजाय सुनाएको थियो ।