ताजा खबर

सरिता गिरीको सांसद पद नरहने

काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी सदस्यबाट हटाउने तयारी गरेको छ । अहिले पार्टी नेताहरु प्रमुख उपेन्द्र यादव र डा. बाबुराम भट्टराई काठमाडौँबाहिर भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने बताइएको छ । यससँगै उनको सांसद पद पनि निलम्बनमा पर्नेछ ।

जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले पार्टीबाट हटाइएको वा दल त्याग गरेको कुरा सूचना संसदलाइ दिएमा निजको सांसद पद पनि निलम्वन हुने संविधानको धारा ८९ को (ङ) मा व्यवस्था छ ।

सरकारले हालै पारित गरेका संविधान संशोधन विधेयकको विरुद्धमा एक्लै उभिएकी गिरीलाई पार्टीले संशोधनविरूद्धको प्रस्ताव फिर्ता लिन र पार्टीको ह्विप पालना गर्न चेतावनी दिएको थियो । तर पार्टीको निर्देशन अटेरी गरेका कारण उनलाइ पार्टी सदस्य र सांसद दुवै नरहनेगरी कारबाही गर्न लागिएको स्रोतले बताएको छ ।

समानुपातिक कोटाबाट सांसद बनेकी गिरीलार्इ पटकपटक पार्टीको निर्णय मान्न अनुरोध गर्दा पनि अटेरी गरेको र सिंगो पार्टी संविधान संशोधनको पक्षमा उभिँदा एक्लैले मात्र विरूद्धमा प्रस्ताव दर्ता गराएको तथा संशोधन पक्षमा मतदान नगरी संसदबाट बाहिरिएको विषयमा पार्टीले कारबाही गर्ने निर्णय भएको स्रोतको दाबी छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता