काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको छ। अपरान्ह १ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने भनिए निर्धारित मिति र स्थानमा सम्भव भएन ।
वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६–बुँदे असहमतिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारी समेतको बैठक डाकेका थिए ।
देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, वरिष्ठ नेता कृष्णप्रसाद सिटौला, उपसभापतिद्वय बिजयकुमार गच्छदार र बिमलेन्द्र निधि, महामन्त्री शंशाक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, महामन्त्री पुर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत उपस्थित छन्।
त्यसैगरी बैठकमा सहभागी अन्य नेताहरुमा प्रकाशमान सिंह, रमेश लेखक, अर्जुननरसिंह केसी, मिलेन्द्र रिजाल, गोपालमान श्रेष्ठ, आन्नद प्रसाद ढुङ्गाना, ज्ञानेन्द्रबहादुर कार्की, रामशरण महत, बलबहादुर केसी, एनपी साउद, चन्द भण्डारी र गगन थापा लगायत करिब ३० जना छन्।