३१ भाद्र २०८२, मंगलवार
Follow Us

नेपालमा थप २५७१ जनामा कोरोना संक्रमण, थप १८ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२४ कार्तिक २०७७, सोमबार ११:५२

काठमाडौं । नेपालमा आइतबार थप २ हजार ५ सय ७१ जनामा कोरोना पुष्टि भएको छ । गत २४ घन्टामा १२ हजार ३ सय ११ पीसीआर परीक्षण गर्दा १ हजार ५ सय २० पुरुष र १ हजार ५१ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

काठमाडौं उपत्यकामा १ हजार ४ सय २८ संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय ९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ । गत २४ घण्टामा १ हजार ७ सय ९८ जना डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकामा १४२८ जना संक्रमित भएका छन् । काठमाडौंमा ११३६, भक्तपुरमा ९१ र ललितपुरमा २०१ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

धेरै पढिएको