ताजा खबर

पौडेलमाथिको दुर्व्यवहार सरकारलाई महँगो पर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेकोप्रति नेपाली काँग्रेसका नेता गगन थापाले सरकारलाई निकै महँगो पर्ने चेतावनी दिएका छन्।

पौडेललाई पुल उद्घाटनका लागि तनहुँ पुगेको अवस्थामा पक्राउ गरी प्रहरीको हस्तक्षेप र स्थानीय प्रशासनको एकल निर्णयविरुद्ध उनले यस्तो चेतावनी दिएका हुन् ।

‘पौडेललाई पक्राउ गर्नु परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन, होइन,’ थापा भनेका छन्, ‘यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ।’

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता