ताजा खबर

प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा शपथ ग्रहण

विराटनगर । प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् । प्रदेश १ सरकारले शुक्रबार विस्तार गरिएको मन्त्रीमण्डलमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ खाएका हुन् ।

यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि आजै सपथ लिएका छन् । मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले शपथ गराएका थिए भने राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राईले सपथ गराएका छन् ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता