ताजा खबर

ओलीसँग कुरा गर्न माधव नेपाललाई सुवास नेम्वाङको आग्रह

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता सुवास नेम्वाङबीच भेटवार्ता भएको छ । भेटमा नेता नेपाल र नेम्वाङबीच एकताको सन्दर्भमा छलफल भएको छ । नेता नेपाललाई भेटेर नेम्वाङले पार्टी एकतालाई निष्कर्षमा पुर्याउन आग्रह गरेका छन् ।

नेम्वाङले भने, ‘तपाईं र अध्यक्ष कमरेड भेटघाट गर्नुहोस् । कुराकानी गर्नुहोस् । एकतालाई निष्कर्षमा पुर्याउनुपर्छ भनेको छु ।’ नेता नेपालले छलफल गरेर अगाडि बढ्ने बताएका थिए । ‘उहाँले ठिकै छ, छलफल गरौंला नि भन्नुभयो’, नेम्वाङले भने ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता