ब्रेकिङ न्युज

मिडियामाथि सरकारकाे धरपकडबारे कांग्रेस सभापति थापाले विशेष सम्बोधन गर्ने

काठमाडाैंं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे विशेष सम्बोधन गर्ने भएका छन् । 

१५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केही दिनपछि सभापति थापाले पहिलो पटक पत्रकार सम्मेलनमार्फत राष्ट्रिय तथा आन्तरिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालय श्रोतका अनुसार आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय (बीपी स्मृति भवन) मा सभापति थापाले विशेष सम्बोधन कार्यक्रम आयोजना गरिएको छ। उनले सम्वोधन गर्नुअघि प्रमुख पदाधिकारीहरुसँग छलफल पनि गर्नेछन् । 

पार्टीभित्र १५औँ महाधिवेशन सम्पन्न भएपछिको पछिल्लो सांगठनिक अवस्था, केन्द्रीय कार्यसमितिको तात्कालिक कार्ययोजना तथा देशको विद्यमान आर्थिक र राजनीतिक परिवेशमा काङ्ग्रेसको भूमिकाबारे सभापति थापाले आफ्नो दृष्टिकोण प्रस्ट पार्ने बुझिएको छ। साथै हालै सरकारले मिडिया र पत्रकारमाथि गरेका धरपकडबारे उनले पार्टीकाे धारणा राख्ने भएका छन् ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम