९ जेष्ठ २०८१, बुधबार
Follow Us

एमालेको विरोधकै बिच विनियोजन विधेयक पास, बैठक ७ असोजसम्म स्थगित

नेपालब्रिटेन संवाददाता
४ आश्विन २०७८, सोमबार ०७:१२

काठमाडौँ । प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बिच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । विधेयकको शीर्षकमाथिको छलफल सकाएर अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएपछि सभामुखले खर्च कटौती सम्बन्धी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको प्रस्ताव निर्णयार्थ पेस गरे ।

सांसद सुवालको खर्च कटौतीको प्रस्ताव अस्वीकार भएपछि विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले पेस गरे । एमालेको नाराबाजीका बिच विधेयक बहुमतले पारित भएको हो ।

बैठक ७ असोजसम्म स्थगित
प्रतिनिधिसभाको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको छ । एमाले सांसद्हरूको नाराबाजीबीच सोमबारको बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन् ।