२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए प्रोचुगलका अध्यक्ष रबिन अधिकारी माथि हातपात

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७८, आईतवार ०८:३९

लण्डन । गैरआवासीय नेपाली संघ प्रोचुगलका अध्यक्ष रबिन अधिकारी माथि आक्रमण भएको छ ।

शनिबारका दिन एनआरएनए पोर्चुगलको गएको निर्वाचनको समिक्षा र उत्पन्न केही समस्याका बारेमा छलफल गर्नु पर्नेछ भनी एनआरएनए पोर्चुगलको निर्वाचनमा अध्यक्षमा पराजित उम्मेदवार सोम शेर्पाले पार्कमा बोलाएर हातपात गरेको एनआरएनए प्रोर्चुगतले जनाएको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै एनआरएनए पोर्चुगलका अधिकारी, महिला उपाध्यक्ष दीपा काफ्ले, सचिव रबि अर्याल, लेखा संयोजक विशाल आचार्य, युवा संयोजक प्रकाश अधिकारी, कोषाध्यक्ष युवराज खनाल लगायत कार्यसमितिका अन्य साथीहरू सोझो चिताइ छलफलका लागि निज शेर्पाले बोलाएको स्थान लिस्बनको अल्मेदा पार्कमा जानु भएको बेला निज सोम शेर्पा र उनका साथमा आएका मानिसहरुले योजनाबद्ध रूपमा गुण्डागर्दीको नियतले छलफल सुरु हुनसाथ अध्यक्ष रबिन अधिकारी र अन्य साथीहरू माथि हातपात गर्दै भौतिक रूपमा आक्रमण र गुण्डागर्दी गरिएको अपराधजन्य काम र क्रियाकलापको एनआरएनए पोर्चुगल घोर भत्सर्ना गरेको छ ।

विज्ञप्ति
एनआरएनए पोर्चुगलका अध्यक्ष रबिन अधिकारी लगायत साथीहरूमाथि भएको भौतिक आक्रमण र गुण्डागर्दीको घोर भत्सर्ना

आज मिति २५ सेप्टेम्बर २०२१ शनिबारका दिन एनआरएनए पोर्चुगलको गएको निर्वाचनको समिक्षा र उत्पन्न केही समस्याका बारेमा छलफल गर्नु पर्नेछ भनी एनआरएनए पोर्चुगलको निर्वाचनमा अध्यक्षमा पराजित उम्मेदवार सोम शेर्पाले बोलाएकोमा एनआरएनए पोर्चुगलका अध्यक्ष श्री रबिन अधिकारी, महिला उपाध्यक्ष दीपा काफ्ले, सचिव रबि अर्याल, लेखा संयोजक विशाल आचार्य, युवा संयोजक प्रकाश अधिकारी, कोषाध्यक्ष युवराज खनाल लगायत कार्यसमिति (२०२१- २०२३ कार्यकाल)
का अन्य साथीहरू सोझो चिताइ छलफलका लागि निज शेर्पाले बोलाएको स्थान लिस्बनको अल्मेदा पार्कमा जानु भएको बेला निज सोम शेर्पा र उनका साथमा आएका मानिसहरुले योजनाबद्ध रूपमा गुण्डागर्दीको नियतले छलफल सुरु हुनसाथ अध्यक्ष रबिन अधिकारी र अन्य साथीहरू माथि हातपात गर्दै भौतिक रूपमा आक्रमण र गुण्डागर्दी गरिएको अपराधजन्य काम र क्रियाकलापको एनआरएनए पोर्चुगल घोर भत्सर्ना गर्दछ ।

युरोप जस्तो सभ्य ठाउँमा बसेर एनआरएनए जस्तो नेपालीहरुको साझा र नेतृत्वदायी संस्थाका पदाधिकारी र साथीहरु माथि भौतिक आक्रमण र गुण्डागर्दीको अपराधजन्य योजना बनाएर नित्कृष्ट काम गर्नु अत्यन्त खेदजनक, निन्दनीय र जति भत्सर्ना गरे पनि कम हुने कुरा हो । एनआरएनए पोर्चुगल यस्ता क्रियाकलापको भण्डाफोर गर्दै गुण्डागर्दीको हर्कत गर्ने तत्वहरुलाई पोर्चुगल र युरोपको कानुन बमोजिम कानुनी कारवाहीको प्रक्रिया अघि बढाउने कुरा सुचित गर्न चाहन्छ ।

यस्तै अराजक काम र क्रियाकलाप गर्ने समुह र तत्वहरुले एनआरएनए पोर्चुगलको कार्यालय संचालनमा समेत केही समय अघिदेखि तालाबन्दी गरी अवरोध सृजना गरेर सर्वसाधारण नेपाली समुदायलाई दिइने सेवा प्रवाहमा पनि बाधा गर्दै आएका थिए । यस्ता अराजक तत्वहरुले जनसाधारणको काममा पुर्याइरहेको अवरोध र बाधालाइ एनआरएनए पोर्चुगल अब मुकदर्शक भएर हेरिरहन सक्दैन । त्यसैले आगामी २७ सेप्टेम्बर २०२१ सोमबारदेखि एनआरएनए पोर्चुगलको कार्यालय खोली नियमित रूपमा संचालनमा आउने आम पोर्चुगलबासी नेपाली दिदिबहिनी तथा दाजुभाइहरुमा जानकारी गराउन चाहन्छौं ।

-गैरआवासीय नेपाली संघ, (NRNA, Portugal) पोर्चुगल (२०२१-२३)

२५ सेप्टेम्बर २०२१