८ जेष्ठ २०८१, मंगलवार
Follow Us

स्थायी समिति बैठकअघि प्रचण्ड पुगे बालुवाटार

नेपालब्रिटेन संवाददाता
१३ आश्विन २०७८, बुधबार ०६:०२

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रचण्ड केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका हुन् ।

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्नुअघि प्रचण्डले देउवालाई भेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिन विषयमा छलफल गरेका हुन् । सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समिति बैठक आज मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ ।

माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनिसकेका छन् । माओवादीले पार्टीबाट मन्त्रीको टुंगो लगाउने जिम्मेवारी यसअघि नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइसकेको छ । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले साढे दुई महिना बित्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।