९ जेष्ठ २०८१, बुधबार
Follow Us

मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

नेपालब्रिटेन संवाददाता
१३ आश्विन २०७८, बुधबार ०९:१९

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ । बर्दिबासस्थित अख्तियार कार्यालयबाट गएको टोलीले आज मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो । साइकल खरिदमा अनियमितता भएको उजुरीको छानविनको क्रममा अख्तियारले छापा मारेको जनाएको छ ।

प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ । त्यो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ । उक्त साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको हो ।

अख्तियार स्रोतका अनुसार केन्द्रबाट आएको टोलीले कागजात लिएको हो । प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो । सो अभियानको क्रममा अनियमितता भएको अख्तियारले प्रारम्भिक छानविनबाट पत्ता लगाएको छ ।