१८ बैशाख २०८१, मंगलवार
Follow Us

नविनको संगीतमा ‘रिसाउ न त रिसाउ’ सार्वजनिक

नेपालब्रिटेन संवाददाता
१३ आश्विन २०७८, बुधबार १३:१५

काठमाडौं । रिसाएकी प्रेमिकालाई फकाउन आउदैन ? अब प्रेमिका फकाउने नयाँ गीत बजारमा आएको छ। गायक प्रताप दासको स्वरमा समावेश ‘रिसाउ न त रिसाउ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको गीतमा शब्द रविन बिस्ट र कृष्ण कार्कीको रहेको छ। नविन कार्कीले संगीतवद्द गरेको यस गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन्। अमेरिकामा छायांकन भएको भिडियोमा शैलेश घलेको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको छ।

म्युजिक भिडियोमा दिनेश खनाल र बिष्णु मिश्रलाई क्युट कपलको रुपमा प्रस्तुत गरिएको छ। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। मोडल खनालको आधिकारिक च्यानल ‘दिनेश खनाल अफिसिएल’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।