१२ जेष्ठ २०८१, शनिबार
Follow Us

माधव र बाबुरामविरुद्ध परेकाे मुद्दाको निर्णय कार्तिक १५ गते

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०७८, सोमबार ११:५७

काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डाक्टर वावुराम भट्टराईमाथि समेत ललिता निवास प्रकरणमा मुद्दा चलाउन माग गर्दै परेको रिटमाथिको सुनुवाई सकिएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलाशमा बहश भएको हो । सुनुवाई सकिएर आजै आदेश आउने बताइएको भएपनि आज फैसला भने आएन ।

सर्वोच्चका अनुसार कात्तिक १५ गतेका लागि निसु राखिएको छ। त्यस्तै दुवै पक्षका कानुन व्यवसायीहरुलाई कात्तिक १० गतेभित्र लिखित बहस नोट पेश गर्न समेत आदेश दिइएको छ।

तर सर्वोच्चले फैसला सुनाउने मिति भने तोकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको १ सय १४ रोपनी सरकारी जग्गा व्यक्ति नाममा ल्याउन भूमिका खेलेको आरोपमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अधिवक्ता न्यौपानेले भने नेपाल र भट्टराईलाई छाडेको भन्दै उनीहरुविरुद्ध समेत मुद्दा दायर गर्न माग गर्दै रिट दायर गरेका थिए ।