२३ बैशाख २०८१, आईतवार
Follow Us

अमेरिकी र चिनियाँ राजदूतले मनाए दसैं (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७८, शुक्रबार १८:३२

लण्डन । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र चिनियाँ राजदूत होउ यान्छीले दसैं मनाएका छन्।

उनीहरू दुवैले विजया दशमीको टीका लगाएको र लगाइदिँदै गरेका तस्बिरहरू सामाजिक सञ्जालमा राखेका छन्।

अमेरिकी राजदूत बेरीले दसैं मनाएका तस्बिरहरू नेपालको अमेरिकी दूतावासको सामाजिक सञ्जालमा छन्।


बेरीले परिवार र साथीसंगीसँग दसैंका तस्बिर राख्दै लेखिएको छ( तपाईंको दसैंवाला फ्यामिली फोटो एल्बम कस्तो देखिन्छरु राजदूत बेरी, युएसएड मिसनका निर्देशक र परिवारका सदस्यहरूको भने यस्तो देखिन्छ।

त्यस्तै चिनियाँ राजदूत यान्छीले पनि आफ्नो ट्विटर अकाउन्टमा दसैंका तस्बिरहरू पोस्ट गरेकी छन्।

उनले लेखेकी छन्( मेरा नेपाली सहकर्मीहरूसँग दसैं मनाउन पाएकोमा खुसी छु। सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य र उन्नतिको लागि मंगलमय शुभकामना व्यक्त गर्छु।